दाङ- तुलसीपुरबाट काठमाडौं जाँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा बसमा सवार ४३ जना यात्रु घाइते भएका छन्।

रा १ ख २७८३ नम्बरको बस गए राति ११ः५० बजे रूपन्देहीको सैनामैना नगरपालिका– १० सालझन्डी बजारस्थित पुलमा दुर्घटना भएको प्रहरी कार्यालयले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहरप्रसाद भट्टका अनुसार बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थियो।
दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका छन्।
घाइतेहरूलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटी हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएको छ।
बुधबार बिहानसम्म १९ जना डिस्चार्ज भइसकेको र बाँकी २४ जनाको उपचार जारी रहेको डिएसपी भट्टले बताए। एक जना गम्भीर घाइते भएको जनाइएको छ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया