
देउखुरी । नागरिक पहिलो अभिया, लुम्बिनीको भालुबाङ्ग स्थित होटल एभरलेण्डमा बसेको प्रथम बैठकले अभियानको थप पाँच महिनाको योजना प्रस्तुत र पारित गरि सार्बजनिक गरेको छ ।
अभियान्ता नारायण खनाल द्धारा प्रस्तावित राजनैतिक बैचारिक काम, संङ्गठनात्मक काम, संघर्षका काम, आर्थिक, प्रचारप्रसार, कार्यालय तथा कार्य बिभाजन सम्बन्धि प्रस्तावमाथि सघन छलफल पश्चात् बैठकले सर्बसम्मत पारित गरेको छ ।
बैठकले ५१ सदस्य लुम्बिनी प्रदेश स्तरीय अभियानको कार्यदल गठन गरेको छ । अभियानको काम लाई व्यवस्थित गर्न अभियान्ता तेजेन्द्र थापा संयोजक रहने गरि राजनैतिक संबाद कार्यदल, प्रेम बहादुर बाठा मगर संयोजक रहेको आर्थिक कार्यदल, चुर्ण सुनार संयोजक रहने गरि कार्यालय कार्यदल, श्रिमन न्योपाने संयोजक रहेको आन्दोलन परिचालन कार्यदल समेत गठन गरेको छ । धनराज श्रर्णकार संयोजक रहेको सुचना तथा संचार कार्यदल गठन गरेको छ ।
बैठकले प्रदेशका पाँच स्थानहरु जसमा गुलेरिया, नेपालगंज, घोराही, बुटवल र बर्घाटमा जेठ मसान्तभित्र बृहत राजनैतिक र बैचारिक अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
असार र श्रावण महिनामा विभिन्न राजनैतिक दल हरु संङ्ग वार्ता, संबाद र जनपरिचालनको योजना तर्जुमा र कार्यान्वयन गर्ने गराउने निर्णय गरेको छ । त्यसै गरि अभियानको संप्रक कार्यलय दाङ्गको लमहीमा राख्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले अभियान्ता नारायण खनाल लाई अभियानको प्रदेश संयोजनको जिम्मेवारी दिएको छ ।
बैठकलाई नागरिक अभियान्ता सुरेन्द्र चौधरीले संबोधन गर्नु भएको थियो भने बैठकको संचालन तेजेन्द्र थापाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया