लमही बजार चोकका १० स्थानमा नामान्कित बोर्ड स्थापना

शिव राज खनाल
लमही । देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यावसायी संघ र लमही चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा लमही बजार क्षेत्रमा होडिङ बोर्ड लगाउने कार्यक्रम सम्पन्न भएको छ । आइतबार बजार क्षेत्रका १० स्थानमा ठाउँ अनुसारको नाम सहितका बोर्ड स्थापना गरिएको हो ।

 

जस अन्तर्गत लमही गल्ली, पि.सि.यो रोड, साहामार्ग, बैंक रोड, लमही बसपार्क, बजार क्षेत्र भनी ३ वडा बोर्ड, कान्छिरोड र गढवा ७ किलोमिटर भनी बोर्ड स्थापना गरिएको छ ।

बोर्ड स्थापना कार्यक्रममा बोल्दै लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओम प्रसाद सुबेदीले लमही बजार लाई ब्यबस्थित गर्न सम्पुर्ण संघ सस्था संग समन्वयका स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । ‘बजार हामी सबैको हो, यसलाई ब्यवस्थित गर्नु हामी सबैको दायित्वहो, यसमा सबैको हातेमालोको आबस्यक छ’ सुबेदीले भने ।

त्यस्तै लमही चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुसालले बाहिरि क्षेत्र बाट बजार क्षेत्रमा प्रबेश गरेका आम नागरिक अलमलमा नपरुन भनी बोर्डको स्थापना गरिएको बताए । ‘अहिले बजारको अवस्था खस्किदो छ, बजारलाई चलायमान बनाउन रचनात्मक ढङ्गले अगाडि बढन आबस्यक छ’ भुसालले भने ।

देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यावसायी संघका अध्यक्ष जागेस्वर बस्यालले पहिले बजार हिडने बटुवा, बजार खेल्न आएका उपभोक्तालाई म कुन चोकमा छु भन्ने अलमल हुने समस्या देखा परेको बताउदै अब भने केही सहजता हुने बिचार ब्यक्त गरे ।

देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यावसायी संघका अध्यक्ष जागेस्वर बस्यालको अध्यक्षता, लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओम प्रसाद सुवेदी (सागर) को प्रमुख आतिथ्यता र लमही चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुसालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । संघका वरिष्ठ उपाध्यक्ष प्रकाश बेल्बासेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण मोबाइल तथा इलेक्ट्रोनिक्स व्यावसायी संघका महासचिव राजेश कुमार गुप्ताले गरेका थिए ।

तपाईको प्रतिक्रिया