दाङ । लुम्बिनी प्रदेशसभाको तेस्रो अघिवेशनको पहिलो बैठक आज दिउँसो ३ बजे बस्दैछ । दोस्रो प्रदेशसभाको तेस्रो प्रदेश अधिवेशनका लागि गरेको आह्वान अनुसार दिउँसो बैठक बस्न लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

सरकारले हिउँदे अधिवेशनमा स्थानीय तहको निजामती कर्मचारी विधेयकलगायत ४ वटा विधेयक दर्ताको तयारी गरेको छ ।
हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेसन आह्वान सम्वन्धि पठाएको पत्र पढेर सुनाउने, मन्त्री परिषद्मा कार्यविभाजन हेरफेर सम्वन्धि पत्रसमेत पढेर सुनाउने, दोस्रो अधिवेसनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकर भएका विधेयकहरुको बारेमा पत्रहरु प्राप्त भएको र त्यसबारे सभामा जानकारी गराउने, विभिन्न संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको सफलताको शुभकामना दिने सम्भावीत कार्यसूची रहेको प्रदेश सचिव मगरले जानकारी दिए ।
लुम्बिनी प्रदेशसभाको बैठक गत भदौ २६ देखि बस्न सकेको थिएन । लामो समय पछी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक बस्न थालेको हो ।
प्रदेशसभाको बैठक बस्न नसक्दा प्रदेशसभा सदस्यहरु कामविहीन बनेका थिए । दुई वटा अधिवेशनमा ३५ वटा बैठक सम्पन्न भएका थिए । ५७ घण्टा ३३ मिनेट छलफल हुदा प्रदेशसभाले मुल विधेयक एकवटा, साल बसाली विधेयक दुई वटा, संसोधन विधेयक एक गरी जम्मा चार वटा विधेयक पारित भएको थियो ।

तपाईको प्रतिक्रिया