लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव निलम्बित


दाङ – लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन्।

 

यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन्।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

वन पैदावारमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

लुम्बिनी प्रदेश सभाले सूचना जारी गर्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्मका लागि यादवलाई निलम्बित गरिएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया