दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ- दाङको घोराही-तुलसीपुर सडकखण्डमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

 

रा ५ प ५४५३ नम्बरको मोटरसाइकल आज बिहान करिब ६ बजे घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकमा दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरू दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङका सूचना अधिकारी डिएसपी जनक मल्लले जानकारी दिए।

प्रत्यक्षदर्शीका अनुसार साइकल चालकलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको थियो। दुर्घटनास्थलमा साइकल भेटिए पनि साइकल चालक पत्ता लागेका छैनन्।

प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ।

तपाईको प्रतिक्रिया