बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा समाज कल्याण राज्यमन्त्री विमला वली खत्रीकाे घटना बारे छानविन गर्न कार्यदल गठन गरेकमे छ । बुधबार लुम्बिनी प्रदेश सरकारकाे मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेकाे छ ।

यस्तै समितिका सदस्यहरूमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवत्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।
स्वास्थ्य राज्यमन्त्रीले दाङको तुलसीपुरमा मंगलबार एक महिला र बालिकामाथि हातपात गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । तर उनलाई राती ११ बजे बुटवल पठाइएकाे थियाे । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएकाे छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया