
दाङ–दाङमा भन्सार छरेर भित्र्याइएको आठ हजार किलो प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेक्ड क्वाटर ज्वालामाई गण भालुबाङले पाँच लाख ५२ हजार मुल्य बराबरको प्याज र एउटा ट्रक बरामद गरेको एसपी गोपालप्रसाद श्रेष्ठले जानकारी दिए ।
शितगंगा नगरपालिका–८ सातमारामा कपिलवस्तुबाट घोराही तर्फ जाँदै गरेको रा २ ख ५३६ नम्बरको ट्रक र त्यसमा रहेको प्याज मंगलबार बिहान बरामद गरेको थियो । अवैध रुपमा ट्रकले प्याज ल्याउदै गरेको गोप्य सूचनाको आधारमा जाँचमा एसपी श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उक्त ट्रक र प्याज बरामद गरेको हो ।
बरामद भएको प्याज र ट्रकलाई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको छ ।‘नक्कली विलबिजग बनाएर प्याज ल्याइको देखियो । भन्सार छरेर ल्याइएको प्याज फेला परेपछी कारबाहीको लाग राजश्व अनुसन्धान कार्यालयमा पठायौं’एसपी श्रेष्ठले भने,‘राजमार्ग सुरक्षाका लागी आइआरटी स्थापना छ । २४ घण्टा जाँच गर्दै आएको छ ।’ राजमार्गमा हुने सवारी दुर्घटनामा छिटो उद्धारमा खटिन र अवैध चोरी निकासी नियन्त्रणका लागी सशस्त्र प्रहरीले ध्यान दिदै आएको छ ।

तपाईको प्रतिक्रिया