बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९०/८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश सभाको १० औं अधिवेशन अन्तर्गतको आज बसेको बैठकले प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । प्रदेश प्रमुख अमिक शेरचनले जेठ २५ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले दर्ता गराएको संसोधन प्रस्ताव फिर्ता लिएका थिए ।
नीति तथा कार्यक्रम पारित भएसँगै लुम्बिनी प्रदेश सरकारले असार १ गते नीति तथा कार्यक्रम अनुसार बजेट ल्यााउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया