लमहीमा खुल्यो त्रिफला आयूर्वेद मेडिकल

 

 

देउखुरी । लमहीमा त्रिफला आयूर्बेद मेडिकल सञ्चालनमा आएको छ । पिसिओ रोडमा सञ्चालनमा आएको मेडिकलको बुधवार लुम्बिनी प्रदेश सभाका निर्वतमान सदस्य रेवतीरमण शर्माले गर्नु भएको छ ।

आयूर्वेदको उपचार पद्धतीलाई अझैं जनमानसमा पु¥याउन जरुरी रहेको र निरोगीताको लागी आयूर्वेद उपचार पद्धती उपयुक्त रहेको बताउनु भयो ।‘आयूर्वेद हाम्रा पूर्वजहरुको खोज अनुसन्धानमा तयार भएको पद्धती र उपचार विधि हो । यसलाई अझैं जनमानसमा पु¥याउन जरुरी छ’उहाँले भन्नुभयो,‘आयूर्वेद उपचारमा नागरिक पहुँच बढाउन सरकारले ध्यान दिनुपर्छ । औषधालयहरु धेरै खुल्नुपर्छ ।’

लमही नगरपालिका वडा नम्बर ६ निवासी डा. हरिप्रसाद पन्थिले मेडिकल सञ्चालनमा ल्याउनु भएको हो । मेडिकल उद्घाटन कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरी, लमही नगरपालिका वडा नं. ५ का निवर्तमान वडा अध्यक्ष विमबहादुर केसी, औषधी व्यवसायी संघ दाङका अध्यक्ष विपि पौडेल, समाजसेवी विरबहादुर केसी, गंगाराम भट्टराई, थानेश्वर गैरे लगायतको उपस्थिती थियो ।

मेडिकल उद्घाटनको अवसरमा निःशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको छ । डा. मनोज अधिकारी, डा. हरिप्रसाद पन्थि, डा. प्रज्ञा धितालले निःशुल्क स्वास्थ्य परिक्षण गर्नु भएको थियो । एक सय जना बिरामीको जाँच र औषधी वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया