माओवादीको घोषणा पत्र कार्यान्वयन हुँदै राप्तीको बिकट क्षेत्रमा बोल्ने भयो बिजुली बत्ती

 

 

जगत खनाल, दाङ । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जारी गरेको घोषणा पत्र कार्यान्वयन जोड दिएको छ ।

घोषण पत्रमा राप्ती गाउँपालिकाभित्रका प्रत्येक गाउँटोलमा पुर्न बिद्युतीकरण गर्ने कार्यक्रम रहेको थियो । सोही अनुरुप राप्ती गाउँपालिकाको वडा नं ५ को बिकट गाउँ करङ्गेकोट, चित्रिकोट , थकरिकोट , पुनखोला र घोम्ले आपमा अब विजुली बत्ती बोल्ने भएको छ। लमही विद्युत कार्यलयका ओविराम केसि र अग्नु चौधरिको नेतृत्वमा अहिले घरघरमा लाइन र मिटर बक्स जडान गनृए काम भइरहेको छ।

वर्षौ देखिको उज्यालोमा रमाउने सपना देखेका त्यहाँका जनताहरु खुसि भएका छन । सो गाउँमा विद्युत जडान गर्न माग गर्दै निरन्तर लमही विद्युत र्यालयमा डेलिकेसनमा गर्न गएका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट , नेकपा माओवादी केन्द्र लमहीका इन्चार्ज बसन्त शर्मा बिक्रान्त, नेकपा माओवादी केन्द्रका राप्ती गाउँपालिका इन्जार्ज चित्र बहादुर थापा मगर , वर्डा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारि मगर, मगर मुक्ति मोर्चाको अध्यक्ष मनोज दर्लामी मगर , सचिब शान्तराज बुढा मगर र सामाजिक अभियान्ता शन्तराम सारु मगर निरन्तर प्रयासमा अहिले काम भइरहेको छ ।

बिजुली बत्ति बाल्न पाउने जनताको अधिकार भएकाले आफ्नो कार्यकालमा राप्तीका सबै गाउँटोलमा बिजुली बत्ती जडान गर्ने अध्यक्ष प्रकाश बिष्टले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया