लालमटीयाको टुडिखेलमा छैठौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक महोत्सव सुरु

देउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्नुको साथै कृषि, पर्यटन तथा उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको ‘छैठौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८०’ सुरु भएको छ ।

 

राप्ती उद्योग बाणिज्य संघको आयोजनामा पुष २६ गतेदेखि माघ ८ गतेसम्म चल्ने ‘छैठौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८०’ को बिहिबार उद्घाटन गरीएको हो ।


‘कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान’ भन्ने मुल नाराका साथ संचालन हुन लागेको महोत्सवको बिहिवार लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा(रोज राणा)ले उद्घाटन गरेका छन् ।

मन्त्री थापाले उद्योगहरूले रोजगारी सिर्जना गरि जनतालाई योगदान पु¥याएको आधारमा सहयोग गर्ने बताएका छन् । महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले योगदानका आधारमा उद्योगहरूलाई सहयोग गर्न आफू तयार रहेको बतारयका हुन । ‘लुम्बिनीका १२ वटा जिल्लालाई सफल बनाउन मन्त्री बनेर आएको छु । सहजीकरण गरेर सहयोग गर्छु ’उनले भने, ‘तपाईहरूले कति मान्छेलाई रोजगार दिनुहुन्छ ? त्यसको आधारमा तपाईहरूलाई सहयोग हुन्छ । मैले अनुगमन समिति पनि गठन गर्न लागेको छु । हाम्रा गुणस्तरहीन सामानहरू उत्पादन भएका छन् भन्ने मलाई सुन्नमा आएको छ । त्यसको अनुगमन पनि गर्नुपर्छ ।’

एक करोडसम्म खर्च गरेर अध्ययनको बहानामा सन्तानलाई विदेश पठाउने गरेको तितो सत्य बताएका थापाले विदेश पठाउन लाग्ने रकम खर्च गरेर स्वदेशमा लगानी गरि उद्योग, व्यवसाय चलाउनुपर्ने बताए । ‘युवाहरू विदेशी रहेका छन् । यो पक्कै पनि दुःख हो । युवाहरूले देश चलाइरहेका छन् । यो सुखद् हो’ उनले भने,‘युवाहरू खाडीमा जाने, त्यहाँबाट आएको रेमिटेन्सले नेपाललाई धेरै टेवा पुग्ने र हामीले यहाँ नै केही गर्न सकेको भए ती युवाहरू आफ्नो घरमा बस्न पाउँथे । घरमा बस्न पाउनुपर्छ भन्ने लागेको छ ।’

राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा मद्धत पुग्ने विश्वास व्यक्त गर्दै महोत्सव सफल बनाउन सबैलाई अनुरोध गरे ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले महोत्सवमा स्थानीय उत्पादनको सामाग्रीलाई प्रोत्साह गर्नुपर्ने बताउदै महोत्सव स्थलमा स्थानिय उत्पादित दुना टपरीको प्रयोग गर्न अनुरोध समेत गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई संविधान सभा सदस्य रश्मिराज नेपाली, राजधानी जग्गा एकिकरण आयोजना समितिका अध्यक्ष श्यामेश चौधरी, नेपाली कांग्रेसका द्रोण भुसाल, नेकपा एमालेका धर्मराज अधिकारी, नेकपा माओवादी केन्द्र बसन्त नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टीका द्रोण जिसी, नेकपा एकिकृत समाजवादीका मुकुन्द रोका, भालुबांग खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष हस्त गुरुंग, भालुबांग होटल व्यवसायी समितिका अध्यक्ष महेश वेल्वासे, पत्रकार सन्तोषकुमार गुप्ता, राप्ती गाउँपालिका वडा नं. २ का पहलमान चौधरी लगायतले सम्वोधन गर्नु भएको थियो ।

महोत्सव पुष २६ गतेदेखि माघ ८ गतेसम्म १द्द दिन चलने छ । महोत्सवमा स्थानीय उत्पादनका सामाग्री सहित व्यवसायिक गरेर एक सय स्टल छन । महोत्सवमा स्थानीय समुदायले आफ्नो पराम्परागत साँस्कृति झल्किने प्रस्तुतिहरू देखाएका थिए । थारु समुदायको लोप हुन लागेको डोली, झुम्रा नाच र बड्का नाचहरू पनि प्रस्तुत गरिएको थियो ।

महोत्सव अवधीभर न्यु डान्स कृयशनको साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहनुको साथै महोत्सव अवधीभर खुल्ला नृत्य प्रतियोगिता देउखुरी आइडल समेत हुने छ । देउखुरी आइडलमा प्रथम हुनेलाई नगद २० हजार, दोसो हुनेलाई नगद १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था समेत गरीएको छ ।
बरिष्ठ उपाध्यक्ष बावुराम थापाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव नारायणप्रसाद शर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया