राप्ती गाउँपालिकाको फरक शैली कार्यपालिकाको घुम्ती बैठक सुरु

 

 

जगत खनाल, दाङ । राप्ती गाउँपालिकाले फरक शैलीमा कार्यपालिकाको घुम्ती बैठक सुरु गरेको छ ।
गाउँपालिकाको प्रशासनिक भवन मसुरियामा हुदै आएको कार्यपालिकाको बैठक बुधबार राप्ती गाउँपालिकाको वडा नम्बर ९ को वडा कार्यालयमा सम्पन्न भएको छ ।

गत स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले फरक शैलीमा कार्यक्रम गर्ने कोशिष गर्दै आएका छन । अबदेखि प्रत्येक वडामा घुम्ती कार्यपालिकाको बैठक बस्ने अध्यक्ष प्रकाश बिष्टले जानकारी दिनु भएको छ ।

‘सबै वडा अध्यक्षहरु प्रत्येक वडामा जान सक्ने र वडाले गरेको बिकास हेर्न सक्ने भएको हुदा हामीले घुम्ती बैठक आयोजना गर्ने छौं ।” अध्यक्ष विष्टले भने ‘सबै कार्यपालिका सदस्य वडा अध्यक्षहरुले प्रत्येक वडाको अवस्था बुझ्नु भयो भने बिकास गर्न र बजेट व्यवस्थापन गर्न सजिलो हुने छ ।”

प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालका अनुसार बिकास निर्माण गर्न सजिलो हुने र वडाको अवस्था थाहा हुने हुदा सवै कुरामा सहजता हुने भएकाले घुम्ती बैठकको कार्यक्रम बनाएको जानकारी दिनु भएको थियो ।

कार्यपालिका दोस्रो बैठक द्वारा विभिन्न समिती गठन

राप्ती गाउँपालिका कार्यपालिकाको दोस्रो पुर्ण बैठकले विभिन्न बिषयगत समिति गठन गरेको छ ।

जस अनुसार गेम बहादुर खड्काको संयोजक रहेको आर्थिक बिकास समिती , देब प्रसाद चौधरी संयोजक रहेको शुसासन तथा संस्थागत बिकास समिती , चन्द्र गुरुङ संयोजक रहेको वन वातावरण तथा बिपद व्यबस्थापन समिती गठन गरेको छ ।

यसैगरि पहलमान चौधरी संयोजक रहेको सामाजिक बिकास समिती , वीर बहादुर चौधरी संयोजक रहेको पुर्वाधार बिकास समिती , उपाध्यक्ष कमलापति चौधरी संयोजक रहेको स्थानिय राजस्व परामर्श समिती , अध्यक्ष प्रकाश बिष्ट संयोजक रहेको श्रोत अनुमान तथा बजेट सिमा समिती गठन गरेको प्रवक्ता पहलमान चौधरीले जानकारी दिनु भएको छ ।

आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम तथा बजेट तयारी गर्न असार ६ गते गाउँ सभाको बैठक बस्ने निर्णय गरेको प्रवक्ता चौधरीले जाब.नकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया