
तुल बहादुर कवँर मगर
देउखुरी । मानवीय सेवाका लागि दाङमा सञ्चालित निलसागर सेवा आश्रमलाई क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले न्यानो कपडा सहयोग गरेको छ ।
दाङको देउखुरी स्थिति राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा सञ्चालित आश्रममा आश्रय लिई रहेका सडक सहयोगापेक्षी मानवहरुलाई जाडो बाट बचाउन करिब ७५ हजार रुपैयाँ बराबरको २५ जोर न्यानो कपडा र १० वटा बल्याङ्केट सहयोग गरिएको संस्थाकी महिला शसक्तिकरण संयोजक सरिता चौधरीले जानकारी दिनुभयो।
उक्त कपडा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको रोहबरमा सेवा आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चौधरीलाई हस्तान्तरण गरिएको संयोजक चौधरीले बताउनुभयो ।
सो अवसरमा संस्थाकी विद्यार्थी संयोजक दिपा चौधरी, प्रेसा चौधरी लगायतको सहभागीता रहेको थियो ।
आश्रममा अहिले देउखुरी क्षेत्रका विभिन्न स्थानबाट उद्वार गरिएका ३ महिला सहित २५ जना सडक सहयोगापेक्षी मानवहरु रहेका छन्।

तपाईको प्रतिक्रिया