गढवा । दाङ देउखुरीको गढवामा मोटरसाइल दुर्घटनामा तीन जना घाइते भएका छन ।

गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा रा ५ प ३४२५ नम्बरको मोटरसाइकल र रा ३ प ८७२९ नम्बरको मोटरसाइकल आइतबार दिउँसो एक आपसमा ठोक्किदा तीन जना घाइते भएका हुन् ।
गढवा गाउँपालिका वडा नम्बर ६ गढवा निवासी करिब ३९ बर्षिय मोहन यादव, गढवा ६ हाँसीपुर निवासी करिब २६ बर्षिय करण चौधरी, सोही ठाउँ निवासी करिब २० वर्षीय प्रविण चौधरी घाइते भएका छन ।
दुर्घटनामा परेर एक जना गम्भीर घाइते भएको र उनलाई थप उपचारको लागि जिल्ला बाहिर रिफर गरिएको छ । प्रविन चौधरीलाइ नेपालगन्ज, मोहन यादवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारको लागि लगिएको छ भने करण चौधरीको लमही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक नवीन वलीले जानकारी दिनुभयो ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया