दाङ–दाङको कोइलावास स्थित रामजानकी मन्दिरमा विवाह पञ्चमीको अवसरमा आइतबार राम सिता विवाहको कार्यक्रम हुने भएको छ ।

वि.सं. १९८५ सालमा निर्माण भएको मन्दिरमा ऐतिहाँसीक अवसर पारेर राम विवाहको कार्यक्रम आयोजना गर्न थालिएको हो । राम र सिताको विवाह भएको दिनको स्मरण गर्दै धनुषयज्ञ गराउने कार्यक्रम रहेको पुजारी नान्हक प्रसाद शुक्लाले जानकारी दिनुभयो ।
राम सिता सहितको झाँकीले कोइलावास बजार परिक्रमा गर्ने, मन्दिरमा अखण्ड रामसिताको भजनकिर्तन गरिने छ । भारत र नेपालका श्रद्धालु भक्तजनहरु पुजाआरधनाको लागी कोइलावास रामजानकी मन्दिरमा पुग्ने गरेका छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया