दाङ-दाङ लमही निवासी युवा विद्यार्थी मुना भट्टराईले पहिलो पटक रक्तदान गरिन । आफ्नाे जन्मदिनको अवसर पारेर उनले पहिलोपटक रक्तदान गरेकी हुन ।

`रक्तदानकाे बारेमा परिवारबाट थाहा पाएँ । घरमा बुवाले नियमित रक्तदान गर्नुहुन्छ । उहाँबाट म प्रभावित भएर रक्तदान गर्न पुगेँ´उनले भनिन्-`रगत अभावमा काेही पनि मर्नु नपराेस भन्ने कामना सहित रक्तदान गरे ।´
पछिल्लो समय जन्मदिनको अवसर पारेर रक्तदान गर्ने युवाहरुकाे संख्या बढ्न थालेकाे छ । रक्तसञ्चार केन्द्र लमहीमा मासिक ३/४ जनाले जन्मदिनमा रक्तदान गर्ने गरेकाे प्रमुख मनिषा चन्दले जानकारी दिइन ।`अहिले त जन्मदिनको अवसरमा रक्तदान गर्नेकाे संख्या बढ्न थालेकाे छ´उनले भनिन्`यसरी रक्तदानकाे चेतना सबैमा पुग्न जरुरी छ ।´
सामाजिक अभियन्ता गंगाराम भट्टराईले रगतदान गरेरै जीवन बचाउन सकिने भएकाले अनिवार्य रक्तदान गर्नुपर्ने बताउछन ।`रगत उत्पादन गर्ने उद्योग छैन । मानिसले दान गरेर नै रगत जम्मा हुने हाे´उनले भने-`नयाँ रक्तदाताकाे खाेजि सधैं गर्नुपर्छ । रक्तदान सम्बन्धि भएका भ्रमहरु चिर्न जरुरी छ ।´

तपाईको प्रतिक्रिया