सरकारले नेपालमा ‘सर्ट–फर्म भिडियो’ होस्टिङ सञ्जाल ‘टिकटक’ बन्द गराउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल टिकटकलाई बन्द गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
‘सामाजिक सञ्जाल टिकटकबाट सामाजिक सद्भाव विथोलिने गरेर र हाम्रो पारिवारिक संरचना, हाम्रो सामाजिक सम्बन्धलाई खलबल्याउने गरी लगातार प्रचारप्रसार भइरहेका छन्। यस सन्दर्भमा अहिले तत्काललाई टिकटक बन्द गर्ने भन्ने निर्णय गरिएको छ,’ सरकारकी प्रवक्ता शर्माले भनिन्।
मन्त्रस् रर्माका अनुसार सञ्चार मन्त्रालयलाई यसका लागि निर्देशन दिइएको छ। उनले बन्द गराउनका लागि प्राविधिक काम भइरहेकाले आज (सोमबार) बाट नै बन्द हुन सक्ने पनि बताइन्।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया