काठमाडौं । कलाकार पल शाह (पूर्णविक्रम) लाई थुनामै राख्ने जिल्ला अदालतको आदेश पोखरा उच्च अदालतले सदर गरेको छ। बलात्कार आरोपित शाह पुर्पक्ष थुनामा रहेका छन् ।

उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँ र नवलपरासीको यसअघिको आदेशलाई नै सदर गर्दै थुनामै पठाउने आदेश गरेको हो ।
नाबालिग गायिकालाई बलात्कार गरको आरोपमा पुर्पक्षमा थुनामा रहेका शाहले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग राख्दै उच्च अदालत पोखरामा निवेदन दिएका थिए।
उच्चका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको हो।
बलात्कार आरोपमा उजुरी परेपछि गत फागुन ११ गते शाह प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए। उनीविरुद्ध तनहुँ र नवलपरासीमा उजुरी परेको थियो। दुवै अदालतले उनलाई पुर्पक्षमा पठाउने आदेश दिएका थिए।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया