
देउखुरी । राप्ती गाउँपालिकाले पालिका भित्र फूल खेती गर्ने किसानलाई प्रोत्साहन गर्दै फूल खेती गर्ने किसानको नाम र नम्बर सार्वजनिक गरेको छ ।
नेपालीहरुको दोस्रो ठुलो महान चार्ड दिपावली (तिहार) लाई लक्षित गर्दै किसानले उत्पादन गरेको फूल खेती पालिकाले प्रवद्र्धन गर्दै पालिकाले तिहारको समयमा प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह सहित किसानको नाम र नम्बर सार्वजनिक गरेको हो ।
राप्ती गागँपालिका सहित तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले पनि यस हभि नै प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गरेका छन्।
राप्ती गाउँपालिकाले कार्यपालिकाको निर्णय गर्दै २०७९ असार १९ गते नै आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य माला, रबर जन्य, खादा, माला, कोल्ड ड्रिंक्स, जंक फुड प्रयोग नगर्न र त्यस्ता वस्तुको सट्टामा स्थानीय उत्पादन प्रवर्द्धन गर्ने खाले वस्तु प्रयोग गर्न आग्रह गरेको थियो।
२०७९ असार १९ गतेको निर्णयको स्मरण गराउँदै राप्ती गाउँपालिकाले कार्तिक १४ गते मंगलबार तिहारको समयमा प्राकृतिक रूपमा उपलब्ध हुने फूलमाला प्रयोग गर्न विज्ञप्ती प्रकाशन गर्दै अपिल गरेको छ।
सरकारले तिहारमा भारतीय सयपत्री फूलको माला आयातमा समेत रोक लगाएको छ। यसरी स्थानिय रुपमै फूल उत्पादन हुदा भारत तथा बाहिरी जिल्लाको भर पर्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ ।
यसवर्षको तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएकाले भारतीय माला आयातमा रोक लगाएको बागमती प्रदेश पुष्प विकास केन्द्रले जनाएको छ।
केन्द्रले कात्तिक १ गतेदेखि नै आयातमा रोक लगाइएको हो । नेपालमा तिहारमा अत्यधिक मात्रामा सयपत्री फूलको मालाको माग हुने गर्दछ।
स्थानिय रुपमै उत्पादित फूलको प्रवद्र्धनसहित पालिकाले तिहारको समयमा बजारमा खुल्ला रुपमा पाइने प्लास्टिकजन्य फूलमालाको विक्री वितरण रोक्न अनुगमनमा जोड भने दिनु पर्ने देखिन्छ ।


तपाईको प्रतिक्रिया