देउखुरीमा पिकप भ्यान र मोटरसाइकल ठोक्किदा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

 

 

देउखुरी । दाङमा पिकप भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गढवा–राजपुर हुलाकी सडक खण्ड अन्तरगत राजपुर गाउँपालिका–२ समयथान नजिक लु ३ च ३८५३ नम्बरको पिकप भ्यान र रा २ प ४९११ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेला निवासी २४ बर्षिय श्रवणकुमार यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २६ बर्षिया सविना यादव घाईते भएकी छिन् । उनको लमही अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक नवीन वलीले जानकारी दिइन ।

ठक्कर दिने गाडी चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया