दाङ – देउखुरी बहुमुखी क्याम्पस व्यवस्थापन समिति निर्वाचनमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको अर्काे गठबन्धन बनेको छ ।
विद्यमान सत्ता गठबन्धन भन्दा फरक रुपमा क्याम्पस निर्वाचनमा अभ्यास गरिएको छ । क्याम्पस व्यवस्थापन समिति चयन गर्न कांग्रेस–एमाले गठबन्धनबाट अध्यक्षमा लालविर खड्का र माओवादी, समाजवादी, जनमोर्चा गठबन्धनबाट अध्यक्षमा बावुराम चौधरीको प्यानल बनेको छ ।
‘आवश्यकताका आधारमा क्याम्पसको निर्वाचनमा नयाँ गठबन्धन बन्यो ‘कांग्रेसका एक नेताले भने, ‘यहाँ सफलता मिल्यो भने अन्य ठाउँमा पनि अभ्यास गर्न सकिन्छ ।’
२३५ जना मतदाता रहेको क्याम्पस व्यवस्थापन समितिको मतदान चलिरहेको छ । सुरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिए पनि सहमति हुन सकेन ।
‘यस निर्वाचनबाट छानिने नेतृत्वले देउखुरीमा उच्च शिक्षाका लागि थप योजनाहरु बनाएर कार्यान्वयन गर्न जरुरी छ’ निर्वाचन मण्डलका संयोजक लिलाराम खनालले भने, ‘यहाँका युवाहरुलाई आफ्नै ठाउँमा स्नातक, स्नाकोत्तर तहको पढाइ दिन सकियोस ।’

तपाईको प्रतिक्रिया