दाङ– रामभरोस चौधरी कुनै समय दाङको सडकमा बस गुडाउनुहुन्थ्यो । घर गृहस्थी राम्रै चलेको थियो । तर, केही महिना अघि मुसोटमा बस दुर्घटना भयो । त्यसपछी उहाँको दुई वटा खुट्टामा गम्भिर चोट लाग्यो । अहिले काम पनि छुट्यो । उपचार गर्दा धेरै रकम सकियो । अहिले घरमै अपांगताको जीवन विताउन बाध्य हुनुहुन्छ ।

चाडपर्व नजिक आउदै गर्दा उहाँ र उहाँको परिवारलाई नेपाल यातायात मजदुर संघ लमही नगर कमिटिले नगद दश हजार सहयोग गरेको छ ।‘सडक दुर्घटना हुदा गम्भिर चोट लागेर कामबाट विस्थापित हुन पुग्नु भएका साथिहरुलाई थोरै भए पनि सहयोग पुगोस भनेर हामीले सहयोग संकलन गरेर रकम हस्तान्तरण गरेका हौं’मजदुर संघका सचिव नवराज आचार्यले भन्नुभयो,‘उपचारको लागी थोरै भए पनि योग्दान पुग्ने आशा छ ।’
मजदुर संघले उहाँ सहित चार जना यातायात मजदुरहरुलाई सहयोग गरेको छ । बसन्त भारतीलाई दुई हजार सात सय, तुल्सीराम रामिजाललाई १२ हजार, विनोद चौधरीलाई दुई हजार पाँच सय सहयोग गरेको नेपाल यातायात मजदुर संघका कोषाध्यक्ष कृष्ण रसाईलीले बताउनु भयो ।
नेपाल यातायात मजदुर संघ लमही नगरका अध्यक्ष प्रेम बस्नेत, सचिव नवराज आचार्य, जिल्ला सचिव गोवद्र्धन साप्कोटा, राहत सदस्य सुदर्शन केसी लगायतले यातायात मजदुरलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया