राप्ती नदीमा प्युठानका एक वृद्धको शव फेला

देउखुरी । दाङको राप्ती नदीमा एक वृद्धको शव फेला परेको छ ।

 

प्युठान नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ६३ को भोजराज पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । शुक्रवार दिउँसो करिव ३ः३० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरीया स्थित झुलुङ्गे पुल नजिक राप्ती नदीमा पौडेलको शव फेला परेको हो ।

शुक्रबार दिउँसो माछा मार्ने क्रममा राप्ती नदीमा बगेर वेपत्ता भएका एक युवकको खोजी गर्ने क्रममा पौडेलको शवलाई नेपाल प्रहरी र ससत्र प्रहरीले फेला पारेको हो ।

मृतक पौडेलको शवलाई परिवारको जिम्मा लगाएर पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया