चिर्पट प्रहार गरी छोराले गरे बुबाको हत्या

आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरी पक्राउ गरेको छ । ६० वर्षीय बलबहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका ८ पुलचोक बस्ने २६ वर्षीय विकाश परियारललाई प्रहरीले पक्राउ गरेको छ ।

 

घरायसी विवादको क्रममा विकाशले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

तपाईको प्रतिक्रिया