शिक्षण अस्पतालबाट निकालियो नेम्वाङको पार्थीव शरीर

संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ। विशेष सम्मानका साथ नेम्वाङको शव त्रिवि शिक्षण अस्पतालबाट निकालिएको हो। त्रिवि शिक्षण अस्पतालबाट नेम्वाङको पार्थीव शरीर निकाल्दा नेपाली सेनाको टुकडीले शोक धुन बजाएको थियो।

 

नेम्वाङको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा एमालेको पार्टी मुख्यालय च्यासलमा राखिने बताइएको छ।

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको मंगलबार बिहान १:३० बजे निधन भएको हो। हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

सरकारले नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद्‌को बैठकले यस्तो निर्णय गरेको हो।

 

मन्त्रिपरिषद्‌ बैठकले नेम्वाङको अन्त्येष्टिको दिन देशभर शोक बिदा दिने निर्णय समेत गरेको छ। नेम्वाङको निधनपछि मंगलबार बिहान मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बसेको थियो।

नेम्वाङका २ छोराहरु विदेशमा रहेको र उनीहरु स्वदेश फर्किन लागेकाले उनीहरु आएपछि मात्रै अन्तिम संस्कार गरिने परिवार स्रोतले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया