२१ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय गणेश डाँगीलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पक्राउ गरेको छ । रोल्पाको रोल्पा नगरपालिका–४ लिवाङका डाँगी करणी आरोपमा पक्राउ परेका हुन् ।

डाँगीले २१ वर्षिया महिलालाई घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया