देउखुरी । दाङ भालुवाङका एक युवकको बुधबार काभ्रेमा सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।

दुर्घटनामा दाङको राप्ती गाउँपालिका १ भालुवाङ निवासी नारायण गिरीका छोरा वर्ष २७ का सुरज गिरीको मृत्यु भएको हो ।
बुधबार दिउँसो २ः४५ बजे धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा २ क २०१९ नं. को मिनीट्रकले विपरीत दिशाबाट आउँदै गरेको गिरी सवार रा ७ प ७२८८ नं. को मोटरसाइकललाई धुलिखेल नगरपालिका ४ मिराबेल चोकमा ठक्कर दिएको थियो । दुर्घटनामा सख्त घाइते भएका गिरीलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
मृतक गिरी एक लघुवित्तीय संस्थामा जागिरको शिलशिलामा धुलिखेलमा बस्दै आएका थिए । मिनीट्रक चालक र सवारी साधन नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया