सरकारले राम्रो काम गरेकै कारण जनताको साथ पायोः मन्त्री शर्मा

दाङ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले भ्रष्ट्राचार नियन्त्रण गर्न राम्रो काम गरेकाले जनस्तरबाट साथ पाएको बताएकी छिन्। दाङको लमहीमा जैविक विविधता पार्क अवलोकनको क्रममा उनले सरकारले राम्रो काम गरेकै कारण जनताको साथ पाएको दावी गरिन्।‘सरकारलाई मिडिया, जनताको राम्रो सहयोग प्राप्त भएको छ’ उनले भनिन् ‘सरकारले शुसासन कायम गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न गरेकै कामका कारण जनताको साथ मिलेको हो। यो पार्टी, त्यो पार्टी भन्ने पनि छैन्। राम्रो काम गरेपछी सबैको साथ सहयोग पाईन्छ भन्ने कुरा पुनः एकपटक स्थापीत भएको छ।’

 

यस्तै उनले शुसासन कायम गर्ने र सेवा प्रवाहलाई चुस्त बनाउने वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको बताइन्। सरकारले आफुले निर्धारण गरेको प्राथमिकताको आधारमा कामहरु तिब्र गतीमा गरिरहेको बताएकी हुन। ‘गल्ती गर्ने जो सुकैलाई पनि कानुनी कारबाही हुन्छ’उनले भनिन्,‘यो पार्टी, त्यो पार्टी भनेर भन्दैनौं। आफ्नै भए पनि छाड्दैनौं। कारबाहीको दायरामा ल्याउछौं भन्ने सरकारको स्पिरिड छ।’

हाईप्रोफाईल कल्चरको अन्त्य गर्न सरकारले कानुन सबैका लागी बराबर हुन्छ भन्ने सन्देश दिएको, संविधान र कानुनको मातहतमा सबै रहेको, गल्ती गर्ने जो सुकैलाई पनि नछोड्नेगरी सरकारले स्पष्ट रुपमा काम गरिरहेको बताइन्।‘सानालाई ऐन, ठूलाई चइन भन्ने सन्देश अन्त्य गर्न सरकार सफल भएको छ। कारबाही गर्न माथिबाटै सुरु भएको छ’उनले भनिन्,‘गल्ति गर्ने कसैलाई पनि छाड्दैनौैं।’

स्थानीय तहले पनि शुसासन कायम गर्न र सेवा प्रवाहलाई चुस्त बनाउन प्राथमिकता दिनुपर्ने भनाई उनको छ। केन्द्र, प्रदेश र स्थानीय तहले जनतामा हुर्किदै गइरहेको निरासालाई हटाउनेगरी शुसासन कायम गर्न र सेवा प्रवाहलाई चुस्त बनाउनेगरी काम गर्न आग्रह गरिन्।

तपाईको प्रतिक्रिया