लुम्बिनी प्रदेशसभाः दोस्रो अधिवेसनको १९ औँ बैठक बस्दै

दशरथ घिमिरे

 

दाङ- लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन‍को १९ औँ बैठक शनिबार दिउँसो १ बजे बस्ने भएको छ।

असार २० गते राति १८ औँ बैठकबाट आगामी वर्षको बजेट पारित भएसँगै सभामुख तुलाराम घर्तीले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेशसभाको दोस्रो अधिवेशनको उन्नाइसौँ बैठक असार ३० गते शनिबार दिउँसो १ बजेका लागि सभामुखको निर्देशनअनुसार आह्वान गरिएको जानकारी दिए ।

आजको बैठकमा प्रदेश निजामति सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूची रहेको छ।

लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो।

प्रदेशसभामा छलफल नभइ रोकिएको उक्त विधेयक आजको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया