तुल बहादुर कवँर मगर

देउखुरी । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले देउखुरी क्षेत्रका विभिन्न विकासे योजनाको अनुगमन गरेका छन् ।
आईतबार मन्त्री मास्कीले राप्ती गाउँपालिका वडा नं.२ स्थित पुन्यपुरमा निर्माण हुने लागेको सरसफाइ तथा श्रोत केन्द्र स्थलको अनुगमन गरेका गरेका छन् ।
प्रदेश सरकारको संयोजनमा सरसफाइ तथा श्रोत केन्द्र स्थल निर्माण कार्य अगाडी बढेको हो ।
जहाँ ३० लाखको लागतमा सरसफाइ तथा श्रोत केन्द्र स्थल निर्माण भइरहेको छ । त्यस्तै मन्त्री मास्कीले गढवा गाउँपालिका वडा नं.४ स्थित खैराघाटको तटबन्धनको पनि अनुगमन गरेका छन् ।
जहाँ तटन्बन नहुँदा नागरिकले बर्षादमा सास्ती भोग्नु परेको थियो । तटबन्ध निर्माणको काम अन्तिममा पुगेसंगै त्यहाँका नागरिक खुसी भएका छन् । त्यस्तै गढवा गाउँपालिका स्तरीय कोल्ड स्टोरको पनि अनुगमन गरिएको छ ।
वडा नं।३ मा कोल्डस्टोर निर्माण भइरहेको छ । कोल्ड स्टोर निर्माण हुन थालेपछि उत्पादीत कृषीजन्य बस्तु भण्डारणका लागि सहज हुनेछ । मन्त्री मास्कीको पहलमा विकास निर्माणका कामहरु अघि बढिरहेका छन् ।
आफ्नो पहलमा भएका विकास निर्माणको अबस्थाका बारेमा बुझ्नका लागि स्थलगत अनुगमन गरेको मन्त्री मास्कीले बताए । नियमितको अनुगमनले दिगो र छिटो विकास निर्माणको काम हुने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया