ढुंगाजन्य वस्तुको अवैध उत्खनन भएको भन्दै गाउँपालिका घेराउ

दाङ । राजपुर गाउँपालिका घेराउ गरिएको छ। नदीजन्य वस्तुको अवैध उत्खनन कार्यमा गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले संरक्षण गरेको आरोप लगाउदै गाउँपालिकाको कार्यालय घेराउ गरिएको हो।

 

नदीजन्य पदार्थको उत्खनन बन्द गर, विधिको शासन, सुशासन कायम गर, अवैध रूपमा उत्खनन भएको नदीजन्य पदार्थको राजश्व जम्मा गर लगायतका माग राख्दै गाउँपालिकाको कार्यालय घेराउ गरिए हो।

‘अवैध उत्खनन रोक्नुको साटो संरक्षण गरिएको छ’, स्थानीय लेखराज डाँगीले भने, ‘गाउँपालिकाका जनप्रतिनिधिले सुशासन कायम गर्न सकेनन्।’

गाउँपालिका घेराउ गर्न वडा अध्यक्ष र कार्यपालिका सदस्य समेत पुगेका थिए।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि गाउँपालिका घेराउ गर्न पुगेका हुन्।

यता गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले नियमअनुसार काम भएको दावी गरेका छन्। कुनै पनि बदमासी नभएको जिकिरसमेत गरे।

तपाईको प्रतिक्रिया