वनभोज खान गएका दुई युवतीको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

बाँके । वनभोज खान गएका दुई युवतीको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।

 

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा बस्नेत र नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरी रहेका छन्।

उनीहरू मंगलबार डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका थिए। साँझपख नदीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले उनीहरुसहित छ जना वनभोज खान गएको बताए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया