प्रदेशसभा भवन निर्माणको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले प्रदेशसभा अगाडी गरे प्रदर्शन

देउखुरी । अस्थायी मुकामबाट लुम्बिनी प्रदेश सरकार स्थायी राजधानी राप्ती उपत्यका आउदै गर्दा यस क्षेत्रका व्यवसायीहरु खुसी थिए । साविकको राप्ती प्राविधिक शिक्षालय क्षेत्र भित्र प्रदेश सभा भवन, मुख्यमन्त्री कार्यालय लगायत विभिन्न मन्त्रालयहरुको मर्मत सम्भार पनि भइरहको थियो । काम छिटो सक्न सरकारले पटक पटक दवाव दिदा निर्माण व्यवसायीहरुलाई काम सम्मन्न गर्न चटोरो थियो । तर काम सम्मन्न भएको ६ महिना वित्दा समेत निर्माण व्यवसायीहरुले भुक्तानी पाउन सकेका छैनन् ।

 

भवन निमार्ण सम्पन्न भएको लामो समयसम्म पनि भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले सोमबार प्रदेशसभा गेट अगाडी प्रदर्शन गरेका छन् । निमार्ण व्यवसायीहरुले प्रदेशसभा भवन निर्माण तथा मन्त्रालय व्यवस्थापन लगायतको करिब १२ करोड बढी रकम भुक्तानी नगरेको भन्दै सांकेतिक प्लेकार्ड सहित प्रदेशसभाको गेट अगाडी प्रदर्शन गरेका हुन् ।

प्रदेशसभा भवन निर्माणको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायद्धारा प्लेकार्ड पदर्शन

प्रदेशसभा भवनको मुल द्धारमा विहान ८ बजे ताल्ला लगाउन भनेर प्रदेशसभा भवन गएका व्यवसायीहरुले ताल्चा नलगाई शान्तीपूर्ण रुपमा दबाबमुलक प्रर्दशन गरेका छन् । निर्माण सम्पन्न भई प्रयोगमा आएको ६ महिना बितिसक्दा पनि प्रदेश सरकारले भुक्तानी गर्न आलटाल गरेको भन्दै सरकारलाई दबाब दिन प्रदेशसभाको बैठक बस्नु अघि प्रदेशसभाको गेट अगाडी प्रर्दशन गरेको निर्माण व्यवसाय यज्ञ केसीले बताए । केसीको नेतृत्वमा निर्माण व्यवसायीको समूहले विभिन्न दबाबमूलक नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । निर्माण व्यवसायीहरुले बिहान ९ बजेदेखि ११ बजे सम्म प्रदेशसभा बैठकका लागि मन्त्री तथा सांसदहरु जानेक्रममा दबाब दिनका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

आज मितीदेखि ५ दिन भित्र सरकारले रकम भुक्तानी नगरे चरणबद्ध आन्दोलन गर्ने, प्रदेश सभा भवन, मुख्यमन्त्री कार्यालय, अर्थ मन्त्रालय, प्रदेश योजना आयोगको कार्यालय, भौतिक तथा पूर्वाधार मन्त्रालय, लमही स्थित मन्त्री निवाससमेत बन्द गर्ने भन्दै निमार्ण व्यवसायीहरुले मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको व्यवसायी केसीले बताए ।

तपाईको प्रतिक्रिया