देउखुरी । लुम्बिनी प्रदेकको स्थायी राजधानी राप्ती उपत्यका घोषणसँगै जग्गा रोक्का भएको छ । हाल सबैको चासोको विषय बनेको छ राजधानी व्यवस्थापन सँगै यस क्षेत्रको जग्गा फुकुवा कहीले हुन्छ ? जग्गा फुकुवाको कुरा लिएर धेरै पटक लुम्बिनी प्रदेश सरकारसँग छलफल पनि नभएका होइनन् । लुम्बिनी प्रदेश सरकारले व्यवस्थीत सहर निमार्णका लागि जग्गा रोक्का गरेको छ । नागरिकको जग्गा सरकारले लिन रोकेको होइन, व्यवस्थीत गर्न जग्गा रोकेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बताएका छन् ।

राप्ती गाउँपालिकाले आयोजना गरेको राप्ती निमार्ण अभियान शुभारम्भको उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले सरकारी भवन निमार्ण गर्न सरकारले जग्गा रोक्का नगरेको बताएका हुन् । ‘सरकारी भवन बनाउन सरकारले जग्गा लिएको होइन । सरकारले सरकारी जग्गामा आफै व्यवस्थापन गर्छ ।’ मुख्यमन्त्री गिरीले भने ‘हामी कसैको पनि जग्गा लिदैनौ, राजधानीको जग्गा व्यवस्थि गर्न मात्रै रोक्का गरेका हौं।’ सरकारी पैसा खर्च गरेर नमुना शहरसहित २० फुटको सडक बनाएर व्यवस्थीत गर्न रोकीएको हुदा नागरिकहरुलाई भ्रममा नपर्न समेत मुख्यमन्त्री गिरीले अनुरोध गरेका छन् ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यता र सभामुख तुलाराम घर्ती मगरको विशिष्ट आतिथ्यतामा राप्ती निमार्ण अभियान शुभारम्भ सम्पन्न भएको छ ।
प्रदेशको राजधानी निमार्णदेखि सरसफाई अभियान, सकारात्मक सोच तथा चिन्तन अभिवृद्धिलगायतकाृ उदेश्य लिएर राप्ती निर्माण अभियान शुरु गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । उक्त कार्यक्रममा डाक्टर राजु अधिकारी, पुर्व सचिव तथ स्थानीय सरकार सञ्चालन ऐन निर्माणकर्ता रेश्मिराज पाण्डे र सरसफाइ अभियानता नमराज काफ्लेले सकारात्मक सोच सम्बन्धी आ–आफ्नो प्रस्तुती राखेका थिए ।

तपाईको प्रतिक्रिया