
देउखुरी । राप्ती गाउँपालिकामा पालिका स्तरीय राप्ती कृषि तथा पशुपंक्षी कृषक समूह गठन गरिएको छ ।
राप्ती क्षेत्रभित्र रहेका किसानहरूको जीवन स्तर माथि उकास्न तथा कृषि र पशुपंक्षीको क्षेत्रमा आधुनिकीकरण गर्न कृषक समूह गठन गरिएको हो।
शुक्रबार मसुरीयामा भएको कृषकहरूको एक भेलाले लक्ष्मण आचार्यको अध्यक्षतामा १३ सदस्यीय कृषक समूह गठन गरिएको छ ।
समुहको उपाध्यक्षमा वुदा भट्टराई, सचिवमा संन्दिप अधिकारी, कोषाध्यक्षमा नुमानन्द पौडेल रहेका छन् । त्यसै गरि सदस्यहरूमा मोहन अधिकारी, बसन्ता शर्मा, राजेन्द्र चौधरी, बसन्ता रिजाल, सेमकला खनाल, मधुसुदन अधिकारी, हिमलाल सुवेदी, कृष्ण आचार्य, डिल्लीराज चौधरी चयन भएका छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया