लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले ११ गते विश्वासको मत लिने

 

 

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख ११ गते विश्वासको मत लिने भएका छन्। लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले सोमबार सूचना जारी गरी सभामुखले प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम ३ बमोजिम वैशाख ११ गते बैठक आह्वान गरिएको जनाएका छन्।

सोही बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने सरकारका प्रवक्ता तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले जानकारी दिए। गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलो पटक विश्वासको मत लिएका थिए।

राष्ट्रपतिको चुनावसँगै केन्द्रमा बदलिएको सत्ता समीकरणका कारण नेकपा ९माओवादी केन्द्र० लगायतका दलले गत चैत १२ गते मुख्यमन्त्री गिरी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेशसभाका १० दलमध्ये आठ दल र एक जना स्वतन्त्रसमेत ५३ प्रदेशसभा सदस्यले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्।

लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ सदस्यको मत चाहिन्छ। प्रदेश सभामा रहेको ८७ सदस्यमध्ये अहिले नेकपा ९एमाले० का २९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार सदस्यले मात्रै सरकारलाई समर्थन गरेका छन्।

एमालेले भने विश्वासको मत नपाए पनि ठूलो दलका हिसाबले संविधानको धारा १६८९३० अनुसार सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको सरकारका प्रवक्ता मन्त्री आचार्यले बताए।

विपक्षी गठबन्धनले भने १६८ ९२० अनुसार बहुमत सांसदको समर्थन प्राप्त भएकाले नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेको छ।

तपाईको प्रतिक्रिया