निरला अर्याल

तुलसीपुर । राप्ती आँखा अस्पतालमा एक कार्यक्रमको आयोजना गरी नेत्र सहायक अध्ययन विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण गरिएको छ । राप्ती आँखा अस्पतालमा संचालित शैक्षिक तालिम तथा अनुसन्धान कार्यक्रम अन्तर्गत संचालित द्धितीय वर्षमा अध्ययनरत छैठौं वर्षमा अध्यनरत नेत्रसहायक विद्यार्थीहरुलाइ स्वागत तथा अभिमुखीकरण गरिएको हो ।
शैक्षिक तालिम तथा अनुसन्धान कार्यक्रम प्रमुख तथा एकाडमिक प्रमुख डा. सुरेश रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य तथा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्ण कुमार गिरीले आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा दक्षता हासिल गरी संसाभर अन्धोपन न्युनीकरण गर्न मदत पुग्ने बताए । विद्यार्थीहरुले आफ्नो उद्धेश्य पुरा गर्न निरन्तरता दिनुपर्ने प्रमुख अतिथी गिरीको भनाइ छ ।
यस्तै विशिष्ट अतिथी संघका सचिव सुरेन्द्र वहादुर खड्काले सैद्धान्तिक र प्राज्ञिक ज्ञानलाइ व्यवहारमा उतार्न विद्यार्थीहरुलाइ सुझाव दिए । आँखाका विरामी संग प्रत्यक्ष सरोकार राख्ने पेशा भएको हुदाँ सचेत भएर अध्ययन गर्न अपिल गरेका छन् ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र वहादुर खड्का, सघंका सहसचिव चिरञ्जीवि रिजाल, राप्ती आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष सुवेदी, सुचना अधिकारी बालाराम खड्का लगाएतकाले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका विषय प्रवेश अप्थाल्मिक साइन्स कार्यक्रम संयोजक तथा दृष्टि विशेषज्ञ ओम प्रकाश यादवले गरेको कार्यक्रमको हजीकरण निरला अर्यालले गरेकी थिइन ।
नेपाल नेत्रज्योति संघ दाङ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अंतर्गत संचालित राप्ती आँखा अस्पताल र राप्ती प्राविधिक शिक्षालय लालमटिया दाङको साझेदारीमा संचालन भइरहेको नेत्र सहायक अध्ययन पहिलो वर्ष राप्ती प्राविधिक शिक्षालयमा हुन्छ भने द्धितीय र तृतीय वर्षको कक्षा राप्ती आँखा अस्पतालमा भइरहेको छ ।
राप्ती आँखा अस्पतालमा देशका सातै वटा प्रदेशबाट नेत्र सहायक अध्ययन गर्न आएका छन भने विशेष गरी लुम्बिनी र कर्णाली प्रदेशबाट धेरै सङख्यामा विद्यार्थी आउने गरेको तथ्यांक रहेको छ ।

तपाईको प्रतिक्रिया