प्रिया स्मृती गजमेर
देउखुरी । शिक्षा क्षेत्र भन्ने बित्तिकै विशुद्ध रूपमा आजको विज्ञान र प्रविधिको माध्यमबाट ज्ञान प्रदान गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा दक्ष तथा सीपयुक्त जनशक्ति तयार पार्ने उद्देश्य राखेको हुन्छ ।

उदेश्य प्रप्तिको लागि हरेक संस्था प्रयत्नशील रहेका हुन्छन् जसअन्तर्गत लुम्बिनी प्रदेश दाङ जिल्लामा अवस्थित देउखुरी क्षेत्रमा रहेका विद्यालयहरू पनि शैक्षिक क्षेत्रमा फड्को मार्दै गइरहेका छन् ।
विशेषगरी गोरखा मोडेल सेकेन्डरी स्कुलको लमही क्षेत्रमा आगमन भए पश्चात् समग्र देउखुरीमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन भएको आभास अभिभावकहरूले व्यक्त गर्ने गरेको पाइन्छ ।
यस विद्यालयको स्थापना अगाडि देउखुरी क्षेत्रमा ३ वटा विद्यालयमा विज्ञान सङ्काय सञ्चालन भए पनि नतिजा नगन्य मात्रामा रहेको थियो । त्यस अवस्थामा उच्च शिक्षा हासिलका लागि दाङको घोराही वा जिल्ला बाहिर जानु पर्ने बाध्यता थियो।
हाल गोरखा मोडेल सकेन्डरी स्कुलमा विज्ञान तथा व्यवस्थापन सङ्कायमा अध्ययन गरेका विद्यार्थीहरू पन्चानब्बे प्रतिशत भन्दा बढी उत्तीर्ण गरेका छन् ।
हालसम्म यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थी मध्ये संगीता खनाल चिकित्साशास्त्र, इन्जिनियरिङ तर्फ नवीन कार्की, सृष्टि शर्मा कम्प्युटर, फरेस्टी तर्फ गीता सुवेदी, एग्रिकल्चर तर्फ प्रबीन देबकोटा र फार्मेसी तर्फ नवराज खनालले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् भने थुप्रै अन्य विद्यार्थीहरूले सशुल्क कोटामा नाम निकालेका छन् ।
यस वर्ष मात्रै यस विद्यालयबाट एमविविएसमा कुल ८ जना विद्यार्थीले नाम निकाल्न सफल भएका छन् । जसमध्ये दिब्यान्सु भट्टराईले सैतिस हजार परीक्षार्थी मध्येमा ३८४ नम्बर र नवराज खनालले ४९० नम्बरमा नाम निकाली समग्र दाङ जिल्लाकै प्रतिष्ठा राख्न सफल भएका छन् ।
त्यसै गरि यस वर्षकै विडिएसकाे प्रवेशिका परीक्षामा ३ जना, विएस्सी नर्सिङ मा ४ जना र विपिएच मा ३ जनाले नाम निकाल्न सफल भएका छन् ।
साथै व्यवस्थापन संङ्काय तर्फ तिनजना छात्रछात्राले सिएमा नाम निकाल्न सफल भएका छन् ।
यसरी गोरखा मोडेल स्कुलका छात्रछात्राले एक पछि अर्को उपलब्धि हासिल गर्दै गर्दा विद्यार्थीहरूमा पढाइप्रतिको मोह बढ्दै गएको पाइन्छ ।
हाल यस क्षेत्रमा अध्ययन गर्नका लागि छिमेकी जिल्लाहरू रोल्पा , रूकुम, प्यूठान र अर्घाखाँचीबाट ठूलो संङ्ख्यामा विद्यार्थीहरू आउने गरेका छन ।
गोरखा सँगसँगै अन्य विद्यालयहरू पनि शैक्षिक उपलब्धि हासिलका लागि टड्कारो रूपले लाग्ने गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया