नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका छन्।

संसद् भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन्।
यस्तै, समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन्।
शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। सोही अनुसार नेम्वाङले उम्मेदवारी दर्ता गरेका हुन्।
उम्मेदवारी दर्ता कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरू उपस्थित थिए।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया