ग्यास विस्फोटका कारण घाइते भएकी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमाको निधन भएको छ।

८६ वर्षीया हरिकला भण्डारीको बिहान १०ः५७ बजेतिर उपचारका क्रममा निधन भएको कीर्तिपुर अस्पतालले जनाएको छ ।
बुधबार राति १० बजेतिर बुद्धनगरस्थित निवासमा ग्यास पड्किएर सांसद भण्डारी र आमा गम्भीर घाइते भएका थिए ।
उहाँको शरीरको ७० प्रतिशत भन्दा बढी भाग जलेको र श्वासनलीमा धुवाँ पसेको अस्तपालका चिकित्सकले बताउनुभएको थियो।
सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेकाे छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया