गढवा गाउँपालिकाद्वारा नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

 

 

आलोक भावुक
गढवा । दाङ देउखुरीको गढवा गाउँपालिकाद्वारा निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको छ।

पालिका भित्र रहेका अति बिपन्न, जनजाति, दलित मुस्लिम, मधेसी लगायतकको समुदाय लाई लक्षित गरेर गढवा गाउँपालिकाको आठ वटै वडा बाट सहभागिता हुनेगरी सहभागी गराएको गढवा गाउँपालिकाले जनाएको छ ।

सोमवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी ५० दिने लोक सेवा तयारी कक्षाको उद्घाटन गरिएको छ ।

गढवा पालिकाले निजामती सेवामा प्रवेश गर्न चाहने तर आर्थिक अवस्था कमजोर रहेका महिला पुरुषका दुबैका लागि निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए । शर्माले पालिकाबासी बिद्यार्थी भाई बहिनीहरुले लोक सेवा पढ्न चाहेको तर आर्थिक लगायत विभिन्न समस्याहरुका कारण पढ्न नपाउने कारण अन्त्य गर्नका लागि निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बताए ।

निशुल्क लोक सेवा तयारी कक्षा लिएर लोक सेवा पास गर्दा पालिकाको योजना सफल हुने बताउदै यो कक्षा सकिए पछी अन्य विद्यार्थी भाई बहिनीले पनि निशुल्क लोक सेवा तयारी कक्षा पढ्न इच्छुक भए पुनः अर्को कक्षा सञ्चालनको लागि तयारी गरिने आश्वासन दिए । ५० दिने लोक सेवा तयारी कक्षाले मात्र सबै नपुग्ने भएकोले थप मिहिनेत र तयारी अनावश्यक रहेकोले थप मिहेनत गर्न सुझाव दिए ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५का वडाध्यक्ष लेखराज थापा, ६ का वडाध्यक्ष बिर बहादुर आले मगर, मुक्त कम्लहरी विकास मञ्चकी फिल्ड संयोजक ज्ञानु थापाले विद्यार्थीहरुलाई सफलताको शुभकामना दिएका दिए ।

गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो

तपाईको प्रतिक्रिया