लुम्बिनीमा पुस १६ मा प्रदेशसभा सदस्यको सपथ

देउखुरी । लुम्बिनी प्रदेश सभा सदस्यको सपथग्रहण पुस १६ गते स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा गरिने भएको छ ।

 

प्रदेश मन्त्रीपरिषद्को बुधबार सम्पन्न बैठकले पुस १६ गते दिउँसो १ बजे नव निर्मित प्रदेश सभा भवनमा सपथ ग्रहण समारोह आयोजना गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्मा शर्माले जानकारी दिए ।

यस्तै प्रदेशको पहिलो अधिवेशन पुस १८ गते आह्वान गर्ने निर्णय भएको छ । मन्त्रीपरिषद्को निर्णय प्रदेश प्रमुखलाई जानकारी दिन प्रमुख सचिव डाक्टर दिपक काफ्ले प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्राविधिक विश्वविद्यालयको विनियम स्वीकृत गर्ने, पूर्व नवलपरासीमा स्वागतद्वारा निर्माण गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया