
दाङ । देउखुरी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्रध्यापक शिव वली नियुक्त हुनु भएको छ । चार बर्षे कार्यकालको लागि क्याम्पस सञ्चालक समितिको बैठकबाट नियुक्त गरिएको हो । यस अघि प्रध्यापक शेरबहादुर गिरी क्याम्पस प्रमुख हुनुहुन्थ्यो । मंसिर २० मा उहाँको कार्यकाल सकिएको थियो । चुनावी आचारसंहिताले नयाँ क्याम्पस प्रमुख नियुक्त हुन सकेको थिएन ।
वलिले मानविकी संकाय(एमए) मा प्रथम श्रेणी, शिक्षा संकाय (एमएड)मा प्रथम श्रेणी, सामाजिक शास्त्र र शिक्षा संकायमा (एमफिल) गर्नु भएको छ । हाल नेपाल संस्कृत विश्व विद्यालयबाट विद्यावारीधी अन्तरगत सोधरतमा रहनु भएको छ । २०६७ साल देखि देउखुरी बहुमुखी क्याम्पस कार्यरत हुनुहुन्छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया