प्रधानमन्त्री देउवाले सांसदलाई बोलाए बालुवाटार

 

 

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट निर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएका छन्।

नवनिर्वाचित सांसदहरुसँग बधाई साँटासाँट गर्नका लागि आज दिउँसो ३ बजे बोलाएको बताइएको छ।

बधाई साँटासाँटका साथै आजै संसदीय दलको निर्वाचनबारे पनि सभापतिले सांसदहरुसँग छलफल गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया