माओवादी केन्द्र र जनमोर्चाको संयुक्त गठबन्धनले गरे घोषणा पत्र सार्वजनिक

जगत खनाल, दाङ । राप्ती नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले जनताको बिच पत्रकार सम्मेलन गरि आफ्नो देशकै नमुना गाउँपालिका बनाउने उदेश्य सहितको घोषणा पत्र सार्बजनिक गरेको छ ।

 

राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीमा आयोजना गरिएको घोषणा पत्र सार्बजनिक कार्यक्रम माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीका अध्यक्ष श्यामेस चौधरीको अध्यक्षता र लुम्बिनी प्रदेशको सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

११ पृष्ठ लामो घोषणा पत्रमा “सामाजिक, आर्थिक, पर्यावरण, सुशासन र पुर्वाधार” “सुखी र समूद्द जनता, राप्ती गाउँपालिकाको आधार भन्ने नारा सहित शिक्षा युवा तथा खेलकुद, स्वास्थ्य, महिला, बालबालिका जेष्ठ नागरिक, सामाजिक सुरक्षा र रोजगारी, कृषि पशुपालन तथा सिचाइ, सडक बिद्धुत खानेपानी तथा सरसफाइ, पर्यटन वन वातावरण तथा नदिजन्य पदार्थको व्याबस्थापन, सुचना सञ्चार तथा प्रबिधी, सुशासन तथा व्यावस्थापन, आवास तथा राजधानी व्याबस्थापन शिर्षकमा देशकै नमुना गाउँपालिका बनाउने उद्देश्य राखेको छ ।

आधारभुत तहसम्मको शिक्षा अनिवार्य र माद्यामिक तह सम्मको शिक्षालाई निशुल्क गर्ने, अपाङ्ग भएका, आर्थिक रुपले विपन्न नागरिक तथा दलित समुदायका छात्रछात्रालाई उच्च शिक्षा अध्ययन गर्न सहयो गर्ने, शिक्षामा प्राविधिक तथा व्यवस्थापन शिक्षामा जोड दिदै पढदै कमाउदै कार्यक्रम सञ्चालन गर्ने, समुदायका लागि हाम्रो विद्यालय कार्यक्रम सञ्चालन गर्ने, खेलाडीहरुलाई प्रोत्साहनमुलक सहयोग कार्यक्रम सञ्चालन गर्ने एक वडा एक खेलमैदान बाल उधान, कभर्डहल र पालिकास्थरिय खेल मैदान स्थापना गर्ने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।

आधारभुत स्वास्थ्य सेवालाई निशुल्क गर्दै नेपाल सरकारले सञ्चानल गरेको स्वास्थ्य बीमा कार्यक्रमको लागि राप्ती गाउँपालिका भित्रका अपाङ्ग भएका ब्याक्ती, जेष्ठ नागरिक र विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गर्ने , सुरक्षीत आमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने शल्यक्रियासहितको प्रसुती सेवा प्रधान गरिने र सुत्केरीलाई यातायात खर्चको व्यवस्था गरिने, गाउँपालिका भित्र ब्लड बैंकको स्थापना गरिने, अपाङ्गता भएका ब्याक्ती तथा जेष्ठ नागरिकको लागि साप्ताहिक मोबाइल अस्पताल सेवा प्रदान गरिने र ६० वर्ष माथिका उमेर समुहका नागरिकको लागि निशुल्क स्वास्थ्य परिक्षण गरिने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।

गरिब, एकल महिला र जेष्ठ नागरिकका लागि विधुतिय चुलो वितरण गरिने, प्रत्येक वडामा जेष्ठ नागरिक सेवाकेन्द्र स्थापना गरिने, गाउँपालिका भित्रका स्वयसेविकाहरुको लागि मासिक खाजा भत्ता स्वरुप प्रती स्वयंसेविका दुई हजार रुपैयाँ उपलब्ध गराउने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।

कृषि बजारीकरणको व्यवस्था सहित सम्भाव्यताका आधारमा एक वडा एक कृषि उत्पादन पकेट क्षेत्र घोषणा गरिने, कृषि पेशामा युवाहरूलाई आकर्षक गर्न प्रविधिमैत्री र यान्त्रिकृत उच्च प्रतिफलदायी र सम्मानयोग्य रुपमा रुपान्तरण गर्न उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।

प्रत्येक गाउँटोलमा पुर्ण विधुतिकरणको व्यवस्था गर्ने, शुद्ध पिउने पानीको लागि एक घर एक घाराको व्यवस्था गर्ने, गाउँ तथा बजार क्षेत्रबाट संकलन भएको फोहोरमैलालाई ल्याण्डफिल साइटको स्थापना गरिने पनि उल्लेख गरिएको छ ।

विभिन्न पर्यटकिय क्षेत्रको पहिचान गरि पर्यटन क्षेत्रको बिकास गरिने , देबिकोटमा रहेको भद्राक्षेदिबी मन्दिर लाई आधार बनाइ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा बिकास गरिने पनि उल्लेख गरिएको छ ।

राप्ती गाउँपालिकाद्वारा आफ्नै रेडियो स्थापना गरि सूचना प्रवाह र सञ्चार क्षेत्रको बिकास गरिने, सुचना प्राविधिमैत्री पुस्तकालय स्थापना तथा सञ्चालन गरिने पनि उल्लेख गरिएको छ ।

स्थानीय तहमा रहेका अभिलेखलाई डिजिटलाइज माध्यमबाट व्यावस्थित गरि नागरिकको पहुचमा पग्ने गरि अभिलेख राख्ने व्यवस्था मिलाइने, भ्रष्टाचार प्रति शुन्य सहनशीलता नीति अपनाइने र यस गाउँपालिकाको बढ्दो बेरुजुलाई निरुत्साहित गरिने पनि उल्लेख गरिएको छ ।

राप्ती गाउँपालिकाको स्थापना अघि निर्माण भएका सम्पुर्ण घर नक्साहरुको अभिलेखिकरण गर्न सहजीकरण गरिने, संविधान प्रदत आवासक व्यवस्था कार्यान्वयन गर्न भुमी सम्बन्धि समस्या समाधान आयोगद्वारा सञ्चालित भिमिहिन तथा सुकुम्बासीहरुलाइ लालपुर्जा यथासिघ्र उपलब्ध गराउने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया