भालुवाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती क्षेत्रलाई शिक्षाकाे हबकाे रूपमा बिकास गर्न सकिने बताएका छन् ।

राप्ती गाउँपालिका-२, लालमटिया स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसकाे गीत सार्वजनिक कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले यस क्याम्पस राेल्पा, प्युठान तथा अर्घाखाँचीकाे सेन्टरमा पर्ने हुदा यसलाई शिक्षाकाे हबकाे रूपमा बिकास गर्ने बताएका हुन् ।
क्याम्पस सञ्चालक समितीका अध्यक्ष चन्द्रबहादुर जिसीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे प्रमुख आतिथ्यतामा शनिबार आयाेजीत कार्यक्रममा प्रमुख अतिथी बिष्टले उक्त गीतकाे भिडियाे बजाएर सार्वजनिक गरेका हुन् ।
उत्त गीतमा सहायक क्याम्पस प्रमुख बिक्रान्त ज्ञवालीकाे शब्द तथा बिपिन घिमिरेकाे संगीत रहेकाे रहेकाे छ । संगीतकार विपिन घिमिरे र शिला बिष्टले स्वर दिएकाे उत्त गीत ६ मिनेट २४ सेकण्डकाे छ ।
उक्त गीतकाे ड्राेन छायांकन मेगा डिजिटल स्टुडियाे गरेकाे छ भने दृश्य सम्पादन साेही क्याम्पसका विधार्थी अरूण पाैडेलले गरेका छन् ।
क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, राप्ती गाउँपालिका-२, नम्बर वडाध्यक्ष पहलवान चाैधरी (अनुप) र नमूना आदर्श माध्यमिक विद्यालय लालमटियाका प्रधानध्यापक किरण पाेख्रेल लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन सहायक क्याम्पस प्रमुख तथा क्याम्पस गीतका रचनाकार बिक्रान्त ज्ञवालीले गरेका थिए ।

तपाईको प्रतिक्रिया