अर्जुनखोलामा पौडि खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

 

 

दाङ । दाङमा डुबेर दुई जनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ६ स्थित अर्जुनखोलमा पौडि खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाका प्रहरी नायव निरिक्षक प्रकाश जैसी ढकालले जानकारी दिए ।

मंगलबार दिउँसो पाँच जना साथि मिलेर नुहान गएका थिए । जस मध्य दुई जनाको मृत्यु भएको हो । लमही नगरपालिका–४ अर्नहवा निवासी १३ बर्षिय ललित विक र १२ बर्षिय अतित विकको डुबेर मृत्यु भएको छ । नुहाउने क्रममा बालक डुबेको खबर पाएलगत्तै सशस्त्र प्रहरी नायव निरिक्षक ढकालको कमान्डमा तालिमप्राप्त सुरक्षाकर्मी खोज तथा उद्दारमा खटिएका थिए ।

जीवित उद्दारको प्रयास गरिएपनि सकिएन । बालकको शव लमही अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया