बासुदेव न्याैपाने, दाङ । बैसाख ३० गते हुने स्थानियतह चुनावमा राप्ती गाँउपालिकामा प्रचार प्रसार तिब्र रुपमा भइरहेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, दुई स्वतन्त्र उमेदवार सहित सात जनामा प्रतिस्पर्धा देखिएको छ ।

राप्ती गाउँपालिकामा कांग्रेस र एमाले छुट्टाछुट्टै चुनावी मैदानमा रहेका छन् भने नेकपा माओवादी र जनमोर्चा तथा जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको गठबन्धन रहेको छ ।
नेकपा एमालेबाट जगत प्रसाद पोख्रेलको उमेदवारी रहेको छ भने माओवादि र जनमोर्चाको संयुक्त प्यानलबाट प्रकाश विष्टको उम्मेदवारी रहेको छ । नेपाली काग्रेसबाट राप्ती गाँउपालिकाको उपाध्यक्ष जगदम्वा चौधरीले टिकट पाउदा कांग्रेसका बुद्धि प्रकाश चौधरीले वागी उम्मेदवारी दिएका छन् ।
त्यसै गरी लोकतान्त्री समाजवादि र एकीकृत समाजवादीका तर्फबाट टोव बहादुर कार्कीको उमेदवारी रहेको छ । स्वतन्त्र उम्मेदवार बुद्धि प्रकास चौधरी बाहेक रमेश चौधरीले पनि उम्मेदवारी दिएका छन् । त्यसै गरी मंगोल नेशनल अग्रनाइजेशनका तर्फबाट शोभाराम बुढाको समेत उम्मेदवारी रहेको छ ।
गएको स्थानीय तहको निर्वाचनमा राप्ती गाँउपालिकामा नेपाली कांग्रेस विजयी भएको थियो । कांग्रेसले आफ्नो विरासत जोगाउने पक्षमा रहेको छ भने एमाले र माओवादीले आफ्नो पक्षमा मतदाता आकर्षित गरिरहेको छन् ।
एमालेको प्रचार प्रसार तिब्र
राप्ती गाउँपालिकामा एमालेले आक्रामक प्रचार प्रचार गरेको छ । शनिवार राप्ती गाउँपालिका वडा नम्बर ४ को पिपरखुट्टी र नयाँगाउँमा आफ्ना उम्मेदवारलाई विजय गराउन नेकपा एमाले चुनावी घरदैलो कार्यक्रम गरेको थियो भने आइतवार वडा नम्बर २ मा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसै गरी सोमबार राप्ती गाउँपालिका वडा नम्बर ७ को पिपरा, जितपुर, अर्नाहनपुर, भानपुर, छोट्की सिसहनियाँ र बड्का सिसहनियाँमा आज एमालेको चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
राप्ती गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार रहेका जगत प्रसाद पोख्रेलले आफ्नो कोही प्रतिस्पर्धी नै नभएको दाबी गरेका छन् । ‘अहिले यहाँ एमालेलाई कसैले चुनौती दिन सक्दैन,’ पोख्रेलले भने । राप्ती गाउँपालिकाको विकासका लागि आफूले अगाडि सारेका एजेन्डालाई यहाँका मतदाताले मन पराएकाले आफ्नो जित सहज भएको उनको दावी रहेको छ ।

‘मतदाताहरुले विकासप्रेमी उम्मेदवार खोजेका छन्’, पोख्रेलले भने ‘यहाँ विकासका कुरा भन्दापनि चिल्ला कुरा र काम भन्दा आश्वासन धेरै बाड्ने उम्मेदवार छन् ।’
एमाले सरकारकै पालामा बृद्धबृद्धालाई ४ हजार रुपैयाँ भत्ताको व्यवस्था भएको र फेरी एमालेको सरकार आए अझ बढ्छ भन्दै मतदाता उत्साहित भएका छन् ।


तपाईको प्रतिक्रिया