भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको मृत्यु भएको छ। ५८ वर्षीय श्रीवास्तवको एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

श्रीवास्तवको जन्म उत्तर प्रदेशको कानपुरमा सन् १९६३ डिसेम्बर २५ मा भएको थियो । बाल्यकालमा उनको नाम सत्यप्रकाश श्रीवास्तव भए पनि बलिउडमा उनी राजु श्रीवास्तवको नामले चिनिन्छन् ।
श्रीवास्तव लामो समयदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए। हृदयघात भएपछि उनलाई उक्त अस्पताल लगिएको थियो। उनी विगत ४२ दिनदेखि एम्स अस्पतालमा उपचाररत थिए।
अगस्ट १० मा जिम गर्ने क्रममा उनलाई हृदयघात भएको थियो। त्यसपछि उनलाई दिल्लीको एम्समा भर्ना गरिएको थियो। उपचारको क्रममा राजुको अवस्था स्थिर भए पनि पछि झन् बिग्रिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एक महिनाभन्दा बढी भेन्टिलेटरमा बसेका हास्यकलाकारको आज निधन भएको हो।

तपाईको प्रतिक्रिया